खुमलटार पुगेका चिनियाँ टोलीको जोड, ‘नेकपा एकताबद्ध हुनुपर्छ’
काठमाडौं । आइतवार नेपाल आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली सोमवार बिहानै खुमलटार पुगेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नका लागि टोली खुमलटार पुगेको हो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टीमा दुई समानान्तर कमिटी सञ्चालन हुन थालेका छन्- बालुवाटार र खुमलटारबाट। आइतवार राति नै नेकपाको एक शक्ति बालुवाटार पुगेका चिनियाँ नेता कुओ सोमवार बिहानै खुमलटार पुगेका हुन्।
आइतवार नै उनले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका हुन्। त्यस्तै आइतवार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।
प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा भेट गरेका उनले नेकपाको विभाजनको विषयमा चासो राखेको स्रोतले बताएको छ।
नेकपा एकताको हुनुभन्दा अगाडिसमेत नेपाल आएका उनको यो भ्रमणलाई नेकपाको एकतालाई जोगाउने चिनियाँ कसरतको रुपमा हेरिएको छ।
प्रचण्डसँगको भेटमा पनि उनले यसै विषयमा चासो राखेको भेटबारे जानकार स्रोतले बतायो। ‘नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। यस्तोमा नेकपामा विभाजन देखिँदा चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाउनु स्वभाविक हो,’ नेकपाको विदेश विभागका एक नेताले भने, ‘उहाँहरुको चाहना अझै पनि नेकपा एकवद्ध हुनुपर्छ भन्ने हो। हाम्रो नि त्यही हो।’
आजै यो टोलीले नेकपाका अर्का अध्यक्ष माधव नेपालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











