‘ओली सच्चिए नेकपा फुट्दैन नत्र भन्न सकिन्न’: प्रचण्ड
काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख कुओ येचौले साेमबार नेकपाका अध्यक्ष प्रचण्डसँग झन्डै डेढ घण्टा संवाद गरे ।
बिहान ९ बजे प्रचण्डनिवास खुमलटार पुगेकाे येचौको टोलीले संवादका क्रममा नेकपा विभाजनको कारण र मिलनबिन्दुको खोजीबारे विमर्श गरेकाे बताइएकाे छ ।
अध्यक्ष प्रचण्डलाई पनि येचौले आफ्ना राष्ट्रपति एवं सीपीसीका महासचिव सी चिनफिङकाे सन्देश सुनाएका छन्, ‘नेकपा फुट्न हुँदैन । मिलेरै अघि बढ्नुपर्छ ।’
प्रचण्ड सचिवालय स्रोतका अनुसार येचौले नेकपा विभाजित नहोस्, त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीले के सहयोग गर्नुपर्ने हो गर्छ पनि भनेका थिए । प्रचण्डसमक्ष येचौकाे भनाइ उद्धत गर्दै स्रोतले भन्यो, ‘हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ । नेकपा मिलाेस्, नफुटाेस् । मिल्नबिन्दु खोजेर अघि बढ्नाेस् भन्ने हाम्रो सुझाव हो।’
स्थिर सरकार र बलियो नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको चाहना भएको उल्लेख गर्दै येचौले यसले नेपाल र चीन दुवैलाई हीत गर्ने पनि बताएका थिए ।
साथै, येचौले मिल्नसक्ने अवस्था कस्तो छ ? भनेर पनि प्रचण्डसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफमा प्रचण्डले नेकपा मिल्न सक्ने सम्भावना रहेको तर, सबै केपी ओलीको हातमा रहेको बताएका थिए । स्रोतका अनुसार प्रचण्डलले येचौसँगको छलफलमा ओलीले जुन बिन्दुमा गल्ती गरेका छन्, त्यही बिन्दुबाट सच्चिने हो भने नेकपा विभाजनबाट रोकिन सक्ने उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












