देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीको असंवैधानिक कदमले देशमा संकट निम्त्यायो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा भएको भर्चुअल संवादमा मन्तव्य दिँदै सभापति देउवाले देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीले प्रतिनिधिसभा विघटनमार्फत संकटतर्फ धकेलेको बताए ।
‘‘लामो संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेका बेला फेरि पधानमन्त्री ओलीले असंंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेपछि देश संकटतर्फ धकेलिएको छ । यो कदम असंवैधानिक भन्दै हामीले देशव्यापी विरोध गरेका छौँ,’’ देउवाले भने, ‘‘अहिले यो विषय सर्वोच्च अदालतमा छ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेका छौँ ।’’
उनले सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर आन्दोलन रोकेर फैसला कुरिरहेको जिकिर गरे ।
सभापति देउवाले बीपी कोइराला सिक्किमलाई भारतमा गाभेपछि देशमाथि संंकट आउन लागेको परिस्थितिमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको भन्दै अहिले बीपीको मेलमिलापको सान्दर्भिकता अझ बढेको बताए
‘‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो,’’ देउवाले भने, ‘‘त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनःस्थापना भयो ।’’
उनले प्रजातन्त्रमाथि पटक–पटक आक्रमण भएको भन्दै ती सबै प्रयत्न असफल पारेर देशमा गणतन्त्र आएको बताए ।
‘‘फेरि राजा ज्ञानेन्द्रले प्रजातन्त्र समाप्त पार्ने प्रयास गरे । गिरिजाबाबुको पहलमा सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम भयो । दोस्रो जनआन्दोलन भयो र देशमा गणतन्त्र आएको हो,’’ उनले भने ।
उनले देशलाई हिंसामुक्त बनाएर शान्ति स्थापनाका लागि कांग्रेस लागिरहने बताए । ‘‘पूर्ण हिंसामुक्त देश बनाउनका लागि मानवअधिकारसहितका स्वतन्त्रता हामीले लडेर ल्याएका हौँ । कसैले खोस्न नसक्ने बनाउन चनाखो हुनुपर्छ,’’ देउवाले भने, ‘‘कम्युनिस्ट पार्टी भए पनि लोकतन्त्र मानेर हामीसँगै सहयात्रा गरेर यहाँ आएका हुन् । हामीलाई एकदलीय शासन कुनै पनि हालतमा स्वीकार्य छैन ।’’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












