लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडाैँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।
बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो।
उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो।
‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो। यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।
उखु किसानलाई उक्त चिनी मिलले १६/ १७ करोड तिर्न बाँकी छ।
यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए।
सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरेका थिए।
सम्झौता भएको दिनेदेखि २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ। त्यतिबेलाभित्र नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












