पार्टीको वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने बताएका हुन्।
उनले निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए। ‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु (प्रचण्ड–नेपाल) वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, हामी वैधानिकताको दर्खास्त हाल्न निर्वाचन आयोग गएका छैनौँ।’
उनले आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रचण्ड–नेपालहरु सडकमा छातीका कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुगेको बताए।
‘हामी आधिकारिक हौँ, त्यसैले हामी यहाँ छौँ भनेर कागज छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ’, उनले भने, ‘उहाँहरु सडकमा बस्नु पर्ने अवस्था आइसकेको छ।’
उनले आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने बताए। हामीसँग पार्टी भएका कारण अर्को पार्टी दर्ता गर्न जाँदैनौँ’, उनले भने।
प्रधानमनत्री ओलीले प्रचण्ड–नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको बताए।
‘उहाँहरु निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाउनु भएको छ’, उनले भने, ‘उहाँहरुका गतिविधिले दुःख गरेर गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












