मैले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले देशलाई घाँडो भयो : माधव नेपाल
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली देशलाई घाँडो भएको बताएका छन्।
काठमाडाैंको नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंक्युटमा जनता समाजवादी पार्टीले गरेको राजनीतिक अन्तर्कियामा उनले नेपालमा बनेका तीन वटै संविधानको साक्षी आफू भएको पनि बताएका थिए।
प्रधानमन्त्रीको संसद् विघटनको कदमबारे नेपालले भने, ‘त्यसैले यस्तो अवस्था नआओस् भनेर हामीले यो पटकको संविधानमा संसद विघटन गर्ने व्यवस्था राखेका थिएनौं। ज्ञानेन्द्र आएपछि लोकतन्त्र खतरामा परेको थियो। देशमा बेहाल अवस्था आएको थियो। त्यसपछि हामीले राजा फाल्यौं। न रह्यो बास न बज्यो बाँसुरी। त्यसपछि हामीले संविधानसभाबाट संविधान बनायौं। अनि हामीले स्थायित्व खोज्यौं। स्थायित्व भनेको व्यक्ति हैन। व्यवस्था खोजेका थियाैं।’
केपी ओलीले आफू घेराबन्दीमा परें भनेर संविधान विघटन गर्नुमा कुनै तुक नरहेको पनि उनले बताए। अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सोधे, ‘के उहाँले यस्तो गर्न पाउनुहुन्छ? उहाँको अराजक र निरकुंशपनको विरोध गरिएको हो। उहाँ सच्चिनुहुन्छ भनेर विरोध गरिएको हो, तर उहाँ सच्चिनुभयो त? हामी शिर निहुराउने अवस्था पैदा उहाँले बनाउनुभयो हो।’
‘संविधानमा प्रस्ट व्यवस्था गरिएको थियो। यो प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गर्न सकेन भने धारा ७६ अनुसार प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन। उनलाई संसद विघटन गर्ने कुनै अधिकार छैन। यो संविधानबमोजिम उनलाई यो अधिकार छैन।’
उनले संविधानको धारा–धाराको चर्चा गर्दै प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भएको बताएका थिए।
सरकारलाई स्थायित्व दिन प्रधानमन्त्रीलाई २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने व्यवस्था राखिएको उनले बताएका थिए। संसद् विघटन गर्ने कुनै बाटो नरहेकाले यो कदम सम्पूर्ण कुराले असंवैधानिक भएको उनले दाबी गरे।
अन्तर्राष्टिय अभ्यासलाई ध्यानमा राखी केपीले गरेको कदम भनेको प्रति उनले आपत्ति जनाए। उनको यो कदम स्वेच्छाचारी भएको बताए।
एक जनाको सनकको भरमा, उनकै(प्रधानमन्त्री) व्याख्याको भरमा सिंगो देशको भाग्य भविष्य बिगार्न नपाउने पनि उनले बताए। त्यसैले यसविरुद्ध सबै सँगै जान उनले आग्रह गरेका थिए। उनले जसपाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओली विरुद्धको संघर्षमा हातेमालो गर्न आग्रह गरे। साथै उनले सर्वोच्चले यसबारे ठीक व्याख्या गरेर यो कदमप्रति सत्य विश्लेषण गर्नेमा आफू ढुक्क भएको उनले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












