जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली धनगढीमा आयोजित जनसभामा सम्बोधन गर्न कैलालीको धनगढी जाँदैछन् ।
प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा ओली पहिलोपल्ट राजधानीबाहिरको जनसभामामा सम्बोधन गर्न जान लागेका हुन्।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामन्चमा जनसभामा हुँदै छ। सभालाई सम्बोधनका लागि प्रधानमन्त्री ओली अहिले श्री एयरलाइन्सको जहाजबाट बिहान ८:१५ धनगढी जाने कार्यक्रम भएपनि हुस्सु लागेकाले विमानस्थल बन्द रहेको छ।
११ बजेतिर विमानस्थल खुलेपछि मात्रै ओली आउने बताइएको छ। कार्यक्रमलाई लक्षित गरी सशस्त्र र नेपाल प्रहरीका एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले विमानस्थलदेखि खुलामञ्चसम्म कडा सुरक्षा पारिएको छ।
कार्यक्रममा प्रदेश कमिटीका नेताहरुले पनि सभामा सम्बोधन गर्नेछन् भने गाउँगाउँबाट कार्यकर्ताहरु धनगढी आउन सुरु गरेका छन् ।
संघीय सरकारका सुदूरपश्चिमबाट चार जना मन्त्री छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना पनि धनगढीको कार्यक्रम सफल बनाउन सुदूरपश्चिम पुगेर लागि परेका थिए।
ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षण भेला पुष १५ गते राजधानी काठमाडौंमा गरेका थिए। प्रचण्ड-नेपाल पक्षले, आफ्नो समूहको प्रदेश भेला, जिल्ला भेलाहरु, विरोध सभाहरु सम्पन्न गरिसकेका बेला, बल्ल ओली पक्ष सुदूरपश्चिममा तातिएको हो। विरोध सभाका नाममा कोणसभा गरेको प्रचण्ड-नेपाल पक्षलाई ओली पक्षले प्रधानमन्त्री नै ल्याएर काउन्टर दिने तयारी गरेको थियो।
पार्टीका सुदूरपश्चिमभ अध्यक्ष कर्ण थापाले नेकपा प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम भीम रावलको निर्देशनमा हिनामिना गरिएको आरोप लगाए। ‘पार्टी अध्यक्षका हस्ताक्षर विना नै कृषि विकास बैंकमा रहेको पार्टीको ३० लाख रकम हिनामिना गरिएको छ, त्यो कसैको व्यक्तिगत सम्पत्ति होइन, आम जनताको हो’ उनले भने। ‘यस्ता गतिविधिले उनीहरु अराजकतातिर गइरहेका छन्।’
बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ।
नेकपा अध्यक्षसमेत रहेका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल समूहले गरेको छ। अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासको सुनुवाइमा छ भने नेकपा विभाजनको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ।
Comments
अरु समाचार
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












