जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली धनगढीमा आयोजित जनसभामा सम्बोधन गर्न कैलालीको धनगढी जाँदैछन् ।
प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा ओली पहिलोपल्ट राजधानीबाहिरको जनसभामामा सम्बोधन गर्न जान लागेका हुन्।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामन्चमा जनसभामा हुँदै छ। सभालाई सम्बोधनका लागि प्रधानमन्त्री ओली अहिले श्री एयरलाइन्सको जहाजबाट बिहान ८:१५ धनगढी जाने कार्यक्रम भएपनि हुस्सु लागेकाले विमानस्थल बन्द रहेको छ।
११ बजेतिर विमानस्थल खुलेपछि मात्रै ओली आउने बताइएको छ। कार्यक्रमलाई लक्षित गरी सशस्त्र र नेपाल प्रहरीका एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले विमानस्थलदेखि खुलामञ्चसम्म कडा सुरक्षा पारिएको छ।
कार्यक्रममा प्रदेश कमिटीका नेताहरुले पनि सभामा सम्बोधन गर्नेछन् भने गाउँगाउँबाट कार्यकर्ताहरु धनगढी आउन सुरु गरेका छन् ।
संघीय सरकारका सुदूरपश्चिमबाट चार जना मन्त्री छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना पनि धनगढीको कार्यक्रम सफल बनाउन सुदूरपश्चिम पुगेर लागि परेका थिए।
ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षण भेला पुष १५ गते राजधानी काठमाडौंमा गरेका थिए। प्रचण्ड-नेपाल पक्षले, आफ्नो समूहको प्रदेश भेला, जिल्ला भेलाहरु, विरोध सभाहरु सम्पन्न गरिसकेका बेला, बल्ल ओली पक्ष सुदूरपश्चिममा तातिएको हो। विरोध सभाका नाममा कोणसभा गरेको प्रचण्ड-नेपाल पक्षलाई ओली पक्षले प्रधानमन्त्री नै ल्याएर काउन्टर दिने तयारी गरेको थियो।
पार्टीका सुदूरपश्चिमभ अध्यक्ष कर्ण थापाले नेकपा प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम भीम रावलको निर्देशनमा हिनामिना गरिएको आरोप लगाए। ‘पार्टी अध्यक्षका हस्ताक्षर विना नै कृषि विकास बैंकमा रहेको पार्टीको ३० लाख रकम हिनामिना गरिएको छ, त्यो कसैको व्यक्तिगत सम्पत्ति होइन, आम जनताको हो’ उनले भने। ‘यस्ता गतिविधिले उनीहरु अराजकतातिर गइरहेका छन्।’
बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ।
नेकपा अध्यक्षसमेत रहेका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल समूहले गरेको छ। अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासको सुनुवाइमा छ भने नेकपा विभाजनको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











