राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। मन्त्रिपरिषद्को आकष्मिक बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने एउटा मात्र निर्णय गरेको स्रोतले जानकारी गराएको छ।
“प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको छ,” बैठकमा सहभागी एक मन्त्रीले भने, “सबै राजनीतिक दल र राज्यका निकायहरु निर्वाचनको तयारीमा लागिसकेका बेला अब ताजा जनादेशबाट नयाँ संसद् निर्माणमा लाग्नुपर्ने भएकाले राष्ट्रियसभाको अधिवेशन तत्कालका लागि अन्त्य गरिन लागेको हो।”
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्र रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
प्रतिनिधिसभा विघटनलाई लिएर देरभर पक्ष र विपक्षमा राजनीतिक दल तथा मानिसहरु विभाजित भएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक तथा भावनात्मक रुपमा विभाजित भइसकेको छ। नेकपाकै असन्तुष्ट पक्ष प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक आन्दोलनमा छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












