मैदान घोषणा गरिएको छ, रिङमा आउँनुस् !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रेसलिङ खेलको उदारहण दिँदै आफू विरोधी नेताहरूलाई चुनौति दिएका छन् ।
आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले रेसलिङ खेलको कथा सुनाए ।
मैले कतिपय ठाउँमा भन्ने गरेको छु । रेसलिङ खेल्दा खेरी कहिलेकाहीँ खेलाडीहरूले खुब आफ्नो फुर्ति देखाउँछन् । फूर्तिदेखाएर खेल्नु कहाँ छ कहाँ पहिल्यै बेल्ड देखाएर यस्तो (काँधमा सप्को हालेको इसारा गर्दै) गर्छन् । र आफूले लगाइ टोपल्छन् । अनि रेफ्रीले बेल्ड खोस्छ र जितेपछि लगाउला भनेर राख्छ । खेरै नखेलिकन थुप्रै रेसलरहरू देखिए । अब मैदान घोषणा गरिएको छ, सबै तयार भएको छ रिङमा आउँनुस् ।
आफ्नो लोकप्रियता मौदानमा गएपछि मात्र थाहा हुनेसमेत उनले बताए । उनले भने, ‘विल्कुल र जिम्मेवारीबोधका साथ यो काम गरेको हुँ । केपी ओलीको लोकप्रियता जिरोमा छ कि मैदानमा गएर हेरौं ।’
ताजा जनादेश लिने भनेपछि आफू विरोधी नेताहरू डराएकोसमेत उनले प्रष्ट पारे । रेस्लिङ खेलको थप उदारहण दिँदै ओलीले भने, ‘मैदान घोषणा गरिएको छ, रेस्लिङको बेल्ट लगाउनुस् । ताजा जनादेश लिने भनेपछि किन डराउने ? अरु कुनै प्रभुका चरणमा जाने भनेको होइन, जनताका बीचमा जाने भनेको हो । केपी ओलीले गल्ती गरेको जनताले दन्ड दिन्छन् । तपाईहरु जनता कहाँ गल्ती गरेको भए दण्ड दिन्छन् । तपाईहरु जानुस् ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












