सरकारले नै मिति तोकेपछि हामीले प्रक्रिया थाल्नैपर्छ : निर्वाचन आयोग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका नेतालाई सरकारले निर्वाचन तोकेपछि प्रक्रिया अगाडि बढाउनुपर्ने निर्वाचन आयोगले बताएको छ।
आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधि रोक्न अनुरोधका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको थियो।
सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउन न्यायको दृष्टिले नमिल्ने भएकाले निर्वाचन आयोगमा गएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। ‘अहिले निर्वाचन प्रक्रिया अगाडि बढाउन मिल्दैन। सर्वोच्चको निर्णयपछि तपाईंहरूको प्रक्रिया बढाउनुहोस् भनेर ध्यानाकर्षण गराएका छौं,’ उनले भने।
निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन अध्यक्षद्वय प्रचण्ड, नेपाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी गएका थिए।
सरकारले निर्वाचनको मिति नै तोकिदिएपछि निर्वाचनको काम बढाउनुपर्ने आयोगले बताएको सांसद पोखरेलले जानकारी दिए। आयोगले संविधानबाहिर गएर काम गर्न नसक्ने भन्दै यसअघिको अभ्यासलाई हेरेर मात्र निर्वाचनको सामान्य तयारी गर्नुपर्ने जनाएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












