प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन
काठमाडाैँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईसहित केही मन्त्री र प्रदेश सांसदलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
निलम्बन हुनेमा मुख्यमन्त्री राई, कानूनमन्त्री हिक्मतकुमार कार्की, कृषि राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।
भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई स्पष्टिकरणपछि निलम्बन गरेको टंक आङ्बुहाङले बताए । आङ्बुहाङ संसदीय दलका उपनेतासमेत हुन् ।
आङ्बुहाङले भने, ‘हामीले १२ गते नै अविश्वासको प्रस्ताव दर्ता गरेका थियौं, त्यसपछि सरकार स्वतः कामचलाउ भएको छ । १५ गते संसदीय दलको बैठक बसेर भीम आचार्यलाई नेता छान्यौं । त्यही दिन संसदीय दलको बोर्ड गठन गरेर पहिला स्पष्टिकरण लियौं । उहाँबाट कुनै जवाफ नआएपछि निलम्बन गरिएको हो ।’
यसअघि मुख्यमन्त्री राईले पनि भीम आचार्यसहितका १६ प्रदेश सभा सदस्यलाई निलम्बन गरेका थिए ।
केन्द्रमा राजनीतिक अस्थीरता बढ्दै जाँदा प्रदेशमा पनि अस्थीरता निम्तिएको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












