चीनसँग सीमा विवाद छैन, भारतसँगको समाधान हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको सीमा समस्या चाडै समाधान हुने बताएका छन्।
भारतीय सञ्चारमाध्यमसगँको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमासम्बन्धी कुनै समस्या नरहेको र भारतसँग भएको चाडै समाधान गर्ने बताएका हुन्।
चीनसँग सीमा सम्बन्धी कुनै पनि समस्या छैन। भारतसँग थोरै समस्या समस्या रहेको छ। त्यो चाडै समाधान हुन्छ उनले भने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो। त्यसका लागि हामीसँग प्रसस्त प्रमाण छन्।
सन् २०२१ मा नेपाल र भारतबीचको सबै समस्या समाधान हुने उनले बताए। प्रधानमन्त्री ओलीले भारतसँगको सीमा समस्याको सम्बन्धमा सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको प्रष्ट पारेको छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्दै नेकपाभित्र देखिएको विवादलाई आन्तरिक भएको बताएका छन्। नेकपाभित्रको विवाद मिलाउनका लागि चीन सक्रिय नभएको दाबी गरे।
‘देशमा देखिएको राजनीतिक गतिविधि आन्तरिक हो। यसलाई मिलाउन चीन सक्रिय भएको छैन। यो हामीबीचको समस्या हो’ उनले भनेका छन्, ‘हामी अरु कसैको दबाव र प्रभावमा पर्दैनौँ।’
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड अस्थिर स्वभावको भएको बताएका छन्। पार्टीभित्र प्रचण्डको अधिकार दोस्रो अध्यक्ष भएको र आफू पहिलो अध्यक्ष भएको दाबी गरेका छन्।
पार्टी अनौपचारिक विभाजनको अवस्थामा पुगेर बेग्ला बेग्लै भेला बैठक गरि रहेपनि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको वरियता यथावत् नै राखेको बताएका छन्। अहिले प्रचण्डका पक्षको गतिविधिलाई लिएर आफू अचम्मित भएको बताएका छन्। प्रचण्डमा प्रजातान्त्रिक स्वभाव नै नभएको दाबी गरेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












