जी-न्यूजसँग ओलीको अन्तर्वार्ता नाटकै हो : प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्ति केन्द्रहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्र सुनाएको टिप्पणी गरेका छन्।
‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले?,’ प्रचण्डले प्रश्न गरे।
आज काठमाडौंमा आयोजित आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भारतीय सहयोगअनुसार नै प्रधानमन्त्रीले अहिले प्रतिनिधि सभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत गरेका छन्।
‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या? सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी?’
उनले यसबारे प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन्।
‘मेरो प्रश्न- यसबारे के भन्नु हुन्छ केपीजी? तपाईं यसलाई के भन्नु हुन्छ? मैले भारतलाई केही भन्न खोजेको होइन फेरि यो भ्रम नहोस्।’
प्रधानमन्त्री ओलीले कस्ता मानिसलाई विशेष दूत भन्न खोजेको भन्ने बालुवाटारमा भएका गोप्य भेटघाटले पुष्टि गरिसकेको प्रचण्डको भनाइ थियो।
‘परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत नराखी बालुवाटारमा एक्लै तीन तीन घण्टा छलफल गर्ने?,’ उनले भने। पार्टीमा बहुमत गुमाएपछि ओलीले राजीनामा दिनुपर्नेमा नदिएको उनको भनाइ छ।
‘म भएको भए त यस्तो देख्नेवित्तिकै राजीनामा दिइसक्थें,’ प्रचण्डले भने, ‘त्यो राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ। तर उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सीमात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो अब कसरी सहने?’
देश र संविधान धरापमा पर्दा ओली बिजेताजस्तो गरेर हाँसेको उनले बताए।
‘नराम्रो काम गर्दा त डर मान्ने हुनुपर्ने तर उहाँ खुसी हुनुभएको छ। भाङ खाएर नाचेकोजस्तो ताण्डप नृत्यजस्तो,’ उनले भने।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












