नेकपा नाम र सूर्य चुनाव चिन्ह नपाए कयामत आउँछ : प्रचण्ड
काठमाडाैँ । पुष्कमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफूहरूले नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन्।
प्रचण्ड–नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै प्रचण्डले पार्टीको नाम नेकपा र चुनाव चिन्ह सूर्य आफूहरूकै हुने दाबी गर्दै यदि त्यस्तो नभए यहाँ कयामत आउने बताएका हुन्।
‘म यो विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु। यदि पार्टीको नाम नेकपा र सूर्य चुनाव चिन्ह भएन भने यहाँ कयामत आउँछ। आँधि, हुरी, बतास आउँछ,’ प्रचण्डले भने, ‘केपी ओलीले संविधाान मिचेर मुटुमा छुरा प्रहार गरेजस्तै अरू संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन्। आँधि, हुरी बतास आउँछ। कयामत आउँछ।’
आफूले संवैधानि निकायहरू निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि पुरा भरोसा गरेको भन्दै उनले केपी ओलीको नौटंकी र राजनीतिक जोकरको पछाडि कोही नलाग्ने बताए।
‘म निर्वाचन आयोग र सर्वोच्च अदालतलाई भरोसा गर्न चाहन्छु। म सँधै भन्न चाहन्छु हामीलाई उहाँहरूको भरोसा छ। तर अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरको पछाडि कोही जनता लाग्नेछैनन्,’ उनले भने।
उनले ७२ प्रतिशत केन्द्रीय सदस्य भएको पार्टी कसरी भगौडा हुन्छ भन्दै प्रश्न गरेका छन्। ‘७२ प्रतिशत चै भगौडा अनि ३० प्रतिशत पनि नभएको चै कसरी रैथाने,’ प्रचण्डले भने,‘ म कान बन्द गरौं कि, आँखा छोपौं?’
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











