माउन्ट केटुको सफल आरोहण गरेर नेपालीले रचे इतिहास
काठमाडौं। १० जना नेपालीको टोलीले चिसो मौसममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् ।
चिसो मौसममा कायाकोरम रेन्जमा रहेको यो हिमाल आरोहणमा पहिलोपटक सफलता प्राप्त भएको हो । सो टिमका एक सदस्य निम्स दाई पुर्जाले स्थानीय समयअनुसार शनिबार साँझ पाँच बजे शिखरमा पुगेको जनाएका छन् ।
चिसो मौसममा ८ हजार ६ सय ११ मिटर उचाई रहेको यो हिमाल आरोहणको प्रयास गरेको भएपनि पहिलो पटक सफलता मिलेको हो । गत साता नै एक स्पेनी पर्वतारोहीले सो हिमाल आरोहणको कोशिस गरेका भएपनि उनको मृत्यु भएको थियो । यो निकै कठिन हिमाल हो ।
सन् १९५३ मा आरोहरण गर्ने कोशिस गरेका अमेरिकी पर्वतारोही जर्ज बेलले यो हिमालको आरोहण गर्नु भनेका मृत्युलाई निमन्त्रणा दिनु भएको बताएका थिए । सुरुमा नेपाली पर्वतारोहीको ६० जनाका अलग अलग टोलीले आरोहणको कोशिस गरेका थिए । तर १० जना मात्रै शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।
युके स्पेशन बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो हिमाल आरोहणको खुसियालीका तस्बिर सार्वजनिक गरेका हुन् । उनीहरुको सफलताको पुष्टि पर्वतारोहणको आयोजक सेवन समिट ट्रेकले पनि गरेको छ ।
निर्मल पुर्जाले भने, ‘मानव जातिको यो इतिहासको हिस्सा भएकोमा हामीलाई गर्वछ । यसबाट सहकार्य गरेर र सकारात्मक सोचबाट सीमालाई तोड्न सकिन्छ । हामी जे चाहन्छौं, त्यो पाउँछौं ।’
पहिलो पटक १९८७–१९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहणको कोशिस गरेका भएपनि हालसम्म कोही पनि ७ हजार ६५० मिटरभन्दा माथि पुग्न सकेका थिएनन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












