प्रदेश १ को हिउँदे अधिवेशन : नेकपाका दुवै पक्ष आक्रामक
काठमाडाैँ । आज दुई बजे सुरू हुने प्रदेश १ संसदको सातौं तथा हिउँदे अधिवेशनमा सत्तारूढ नेकपाका दुई समूह एक अर्कालाई निषेध गर्ने तयारीमा लागेका छन्।
प्रदेशसभाको एकै लहरमा सिट व्यवस्थापन गरिएको भए पनि नेकपाका प्रचण्ड नेपाल र ओली समूहले सदनमा एक अर्काविरूद्ध आक्रामक बन्ने घोषणा गरिसकेका छन्। प्रदेशसभामा अधिवेशन सुरू र अन्त्य हुँदा सबै दलका नेताले सदनलाई सम्बोधन गर्ने चलन छ। तर, यसपटक नेकपा विवादकै कारण नेताको सम्बोधन नहुने सम्भावना छ ।
नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको रूपमा स्वीकार नगर्ने भन्दै सो हैसियतमा बोल्न नदिने अडान राखेको छ। ‘दलका बहुमत सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर नयाँ नेता पनि विधिसम्मत रुपमा छानिसकिएको छ,’ प्रचण्ड नेपाल समूहका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘त्यसैले शेरधन राई हाम्रो दलको नेता होइनन्। भीम आचार्य हाम्रो दलको नेता हो, उहाँले सम्बोधन गर्नुहुनेछ।’
उता ओली समूहले भने मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका प्रचण्ड नेपाल समूहका १६ जनालाई सदनमा प्रवेश नै नदिने बताउँदै आएको छ। ‘निलम्बनमा परेकाहरू सदनमा प्रवेश गर्न पाउनुहुने छैन,’ ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सेतोपाटीसँग भने, ‘दलको नेताको हैसियतमा गरिएको कारबाही लागू हुनेछ।’
पुस १२ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता भएपछि एकअर्काविरुद्ध कारबाहीको होड चलाएका नेकपाका दुई समूहको तनावको असरले प्रदेशसभामा प्रभाव पर्ने निश्चितप्राय: छ। मुख्य विपक्षी नेपाली कांग्रेसले सदनलाई सौहार्द्र रूपमा अघि बढाउन माग गरेको छ। ‘हामी सदन निर्वाध अघि बढेको हेर्न चाहन्छौ’, काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘नेकपा विवादको असर नपरोस् भनेर हामीले सम्बन्धित पक्षलाई भनिसकेका छौं।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












