निर्वाचनमा होमिन जिल्ला सभापतिलाई कांग्रेसको सर्कुलर
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन सर्कुलर जारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सबै जिल्ला सभापतिहरूलाई पत्र काटेर मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी घोषणा गरेको मध्यावधि निर्वाचनलाई वैधानिकता दिन निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा सहभागिता जनाउन भनेको हो ।
पुस ५ मा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि बसेको पदाधिकारी बैठकले सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको छ । पदाधिकारी बैठकको सो निर्णयले आकस्मिक रूपमा पुस ७ गते बोलाइएको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन गरिरहेको छ । पहिलो चरणमा पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले दोस्रो चरणमा पुस २५ मा ३३० प्रदेशसभा क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध सभा गरिसकेको छ । बिहीबार मुलुकभरका वडाहरूमा विरोध कार्यक्रम गर्न लागेको कांग्रेसको यो ‘सर्कुलर’ले दुवैतिर ठिक्क भएजस्तो देखाएको छ ।
पौडेलले पत्रमा आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन भनेका छन् । पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति र सबै पालिका समितिका सभापतिलाई पठाएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












