ओलीलाई आजै साधारण सदस्यबाट हटाउँछौँ : नेपाल
काठमाडाैँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएका कारण उनलाई कारबाही गर्न लागिएको बताएका हुन्।
‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ।’
केही दिनअघि बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठकले महासचिवबाट विष्णु पौडेललाई हटाउँदै ओलीलाई ३ दिनको समय दिएर साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो।
अध्यक्ष नेपालले तत्कालीन नेकपाको बहुमत आफूसँग रहेको बताउँदै आफूहरु आधिकारिक भएको दावी गरे। उनले बहुमत सदस्यले ओलीलाई गर्ने कारबाही वैधानिक हुने समेत दावी गरे।
उनले केपी ओली कम्युनिस्ट पनि नभएको बताए। उनले ओलीले आफूलाई पार्टी कमिटीभन्दा माथि ठानेपछि समस्या भएको बताए।
अध्यक्ष नेपालले प्रधानमनत्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको बताए। उनले प्रतिनिधि सभा विघटन गरेर आलीले पार्टीकै बदनाम गरेको र आफू पनि कलंकित भएको बताए। ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकित व्यक्ति भए। संविधान कुच्चिए’, उनले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












