आगामी निर्वाचनको घोषणापत्रबारे सुझाव पठाउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अोलीले आफू निकट सबै तहका कमिटी सदस्यहरुलाई निर्देशनसहित परिपत्र गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारी भइरहेकाले निर्वाचन आयोगको कार्यतालिकालाई सहयोग गर्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् ।
‘निर्वाचन आयोगलगायत राज्यका सम्बद्ध निकायहरुरु निर्वाचनको तयारीमा जुटिसकेका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श शुरु गरिसकेको छ । छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक हुने जानकारी दिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावलीमा कुनै मतदाताकोे विवरण हटाउनुपर्ने भएमा सोका लागि उजुरी निवेदन दिने प्रयोजनका लागि माघ १६, १७ र १८ गतेको मिति निर्धारण भएको छ । सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसुचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन, झुट्ठा विवरण दिई मतदाता नमावलीमा नाम समावेश गरेको भए त्यस्तै नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ ।’
उनले सोही कामका लागि सबै तहका कमिटी सदस्यहरुलाई योजनाबद्ध, सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
प्रधानामन्त्री ओलीले आगामी निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणा पत्रमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरुलाई फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन दिएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












