प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधीः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधी भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा ओलीले भने, ‘संसद् विघटन भएको भनेर केही मान्छेहरू कराइरहेका छन्, उनीहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देश र जनविरोधी हुन्।’ उनले प्रश्न गर्दै अगाडि भने, ‘बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने?
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क रहेको बताए।
नेकपाकै अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूप्रति संकेत गर्दै उनले भने ‘जो कराइरहेका छन्, अस्तव्यस्तता खडा गर्ने, स्थिरता हुन नदिने उनीहरूलाई म भन्न चाहन्छु ‘यो स्थायी जागिर होइन।
जनप्रतिनिधि (प्रतिनिधिसभा सांसद) हरूले जनता र देशको सेवा गर्नुपर्नेमा त्यसो नगरेर अरुद्धारा निर्देशित भएर अरुकै लागि काम गर्न थालेपछि आफूले ताजा जनादेशका लागि संसद् विघटनको निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकल्न खोजेपछि जनताकै बीचमा जाने निर्णय गरेकोले आफू तानाशाही नभएको उनले तर्क गरेका छन्।
कुन–कुन सांसदहरुले कस्तो काम गरेका छन् जनताले मूल्यांकन गरेर पुरस्कृत गर्ने कि सजाय दिने फैसला गर्न जनतामा अपिलसमेत गरे।
जनतालाई निर्णयको अधिकार दिँदा तानाशाही भइँदैन
‘मैले फैसला गर्ने अधिकार आफ्नो हातमा लिएको छैन, लिएको भए तानाशाही हुन्थेँ, मैले तपाईं जनतालाई फैसला गर्नुस् भनेको छु, यसोभन्दा म तानाशाहा भएँ? प्रधानमन्त्री ओलीले प्रश्न गरे ‘मैले त फैसाला गरेको छैन, म फैसला गर्छु, मै शासनमा रहन्छु भनेको छैन।
जालझेल गरेर, जोडजाम, जोड–घटाउ, तिकडम र किनबेच गरेर मै शासक रहन्छु भनेको छैन। मैले त मेरो मात्र होइन सबैको मुल्याङ्कन गर्न भनेको छु।’
आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वहरुलाई ठेगान लगाउने अवसरको रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘कसले कस्तो काम गर्यो भन्ने फैसला गर्न जनतालाई आह्वान गर्दछु।’
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












