प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधीः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधी भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा ओलीले भने, ‘संसद् विघटन भएको भनेर केही मान्छेहरू कराइरहेका छन्, उनीहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देश र जनविरोधी हुन्।’ उनले प्रश्न गर्दै अगाडि भने, ‘बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने?
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क रहेको बताए।
नेकपाकै अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूप्रति संकेत गर्दै उनले भने ‘जो कराइरहेका छन्, अस्तव्यस्तता खडा गर्ने, स्थिरता हुन नदिने उनीहरूलाई म भन्न चाहन्छु ‘यो स्थायी जागिर होइन।
जनप्रतिनिधि (प्रतिनिधिसभा सांसद) हरूले जनता र देशको सेवा गर्नुपर्नेमा त्यसो नगरेर अरुद्धारा निर्देशित भएर अरुकै लागि काम गर्न थालेपछि आफूले ताजा जनादेशका लागि संसद् विघटनको निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकल्न खोजेपछि जनताकै बीचमा जाने निर्णय गरेकोले आफू तानाशाही नभएको उनले तर्क गरेका छन्।
कुन–कुन सांसदहरुले कस्तो काम गरेका छन् जनताले मूल्यांकन गरेर पुरस्कृत गर्ने कि सजाय दिने फैसला गर्न जनतामा अपिलसमेत गरे।
जनतालाई निर्णयको अधिकार दिँदा तानाशाही भइँदैन
‘मैले फैसला गर्ने अधिकार आफ्नो हातमा लिएको छैन, लिएको भए तानाशाही हुन्थेँ, मैले तपाईं जनतालाई फैसला गर्नुस् भनेको छु, यसोभन्दा म तानाशाहा भएँ? प्रधानमन्त्री ओलीले प्रश्न गरे ‘मैले त फैसाला गरेको छैन, म फैसला गर्छु, मै शासनमा रहन्छु भनेको छैन।
जालझेल गरेर, जोडजाम, जोड–घटाउ, तिकडम र किनबेच गरेर मै शासक रहन्छु भनेको छैन। मैले त मेरो मात्र होइन सबैको मुल्याङ्कन गर्न भनेको छु।’
आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वहरुलाई ठेगान लगाउने अवसरको रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘कसले कस्तो काम गर्यो भन्ने फैसला गर्न जनतालाई आह्वान गर्दछु।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












