अमेरिकी राजदूत बेरीद्वारा राजनीतिक भेटघाट तीव्र
काठमाडौं । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
बेरीले प्रचण्डसँगको भेटपछि ट्वीट गर्दै भनेका छन्, ‘नयाँ प्रशासनका प्राथमिकताहरुबारे छलफल गर्न भइरहेका श्रृंखलाबद्ध भेट अनुसार मैले प्रचण्डसँग भेट गरेको छु । मैले प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकहरुको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता दोहोर्याएको छु ।’
पछिल्ला भेटहरु नयाँ राष्ट्रपतिको नेपाल र विश्वव्यापी प्राथमिकता जानकारी गराउने उद्देश्यले भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
नयाँ प्रशासनको पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा केही पृथक प्राथमिकताहरु रहेका छन् । जस्तो वाइडले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय लिएका छन् जुन निर्णयले नेपाललाई पनि केही असर गर्छ । अमेरिकाले सो सम्झौतामा जोडिने निर्णय गरेसँगै राजदूत वेरीले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । जलवायु परिवर्तनका एजेण्डाहरुमा नेतृत्व लिने उद्देश्यले नेपालले सो संवाद गत वर्ष आयोजना गर्ने तय गरेको थियो तर कोभिडका कारणले सम्भव भएन । सो संवादलाई सहयोग गर्ने चाहना अमेरिकाले व्यक्त गरेको छ ।
त्यसैगरी नेपाली नेताहरुसँगको भेटमा अमेरिकाले कोभिड–१९ विरुद्ध लड्न नेपालसँग नजिकको सहकार्य गर्ने अमेरिकी चाहना समेत राजदूतले व्यक्त गरेका छन् । त्यसैगरी महिला र बालबालिकाको अधिकार पनि अमेरिकाको अर्काे महत्वपूर्ण प्राथमिकता भएको बेरीले नेताहरुलाई जानकारी दिएका छन् ।
पछिल्ला भेटहरुमा एमसीसीको बारेमा कुरा भयो कि भएन भन्ने विषयमा दुवै पक्षले केही जानकारी गराएका छैनन् । त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भए/नभएको दुवै पक्षले बताएका छैनन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












