कार्यकर्तालाई जंगल पसाएर प्रचण्ड दिल्लीमा जेलवाला तेलले जुल्फी कोरेर बस्थे: प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गरेका छन्।
बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताएका हुन्।
‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’
प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको बताएका छन्।
‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,’ ओलीले भने, ‘०७० सालमा त बत्ती निभाएर, बाकस साटेर। त्यसअघि कीर्तिपुर हारेको। रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो? जंगल जाने होइन।’
उनले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको पनि बताएका छन्।
‘प्रचण्डले सूर्य चिन्हबाट एकपटक चुनाव लड्नु भयो? कहिलेबाट तपाईंको भो सूर्य चिन्ह?,’ उनले प्रश्न गरे, ‘पार्टी छोडेपछि सूर्य चिन्ह? दशा लागेपछि के लाग्छ।’
उनले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताएका छन्।
प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताए। विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको उनले बताएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












