ओली पक्षले आयोगलाई भन्यो– निर्वाचनको तयारीमा अघि बढ्नुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा निर्वाचन आयोगले आज ओली र प्रचण्ड–नेपाल दुवै पक्षलाई आयोगमा डाकेको थियो ।
नेकपाको विवादले निर्वाचनको तयारी अघि बढाउन समस्या हुन सक्ने भन्दै दुवै पक्षलाई डाकेकोमा प्रचण्ड–नेपाल पक्षले आयोगले संवैधानिक अंगको रुपमा तटस्थ भूमिका देखाउन नसकेको भन्दै आयोगको भूमिकामा प्रश्न उठाएर फर्किएको छ ।
तर, ओली पक्षले भने आयोगलाई निर्वाचनको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको छ । सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा निर्वाचन प्रभावित नहुने भन्दै आयोगले आफ्ना काम नियमित गर्न अग्रह गरेको हो ।
“हामी निरन्तर रूपमा अघि बढ्दै तोकिएको समयमा निर्वाचन गर्छौँ, अर्थात वैशाख १७ र वैशाख २७ मै निर्वाचन हुन्छ, अहिले निर्वाचन आयोगसँगको छलफलपछि हामी यो निष्कर्षमा पुगेका हौँ,” आयोगबाट फर्कने क्रममा नेम्वाङले भने, “जहाँसम्म एउटा समूह विरोधमा रहेका बेला के हुन्छ भन्ने तपाईंहरुको चिन्ता छ, त्यसमा आयोगले आवश्यक समयमा उपयुक्त निर्णय गर्छौँ भनेको छ ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












