ओली पक्षले आयोगलाई भन्यो– निर्वाचनको तयारीमा अघि बढ्नुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा निर्वाचन आयोगले आज ओली र प्रचण्ड–नेपाल दुवै पक्षलाई आयोगमा डाकेको थियो ।
नेकपाको विवादले निर्वाचनको तयारी अघि बढाउन समस्या हुन सक्ने भन्दै दुवै पक्षलाई डाकेकोमा प्रचण्ड–नेपाल पक्षले आयोगले संवैधानिक अंगको रुपमा तटस्थ भूमिका देखाउन नसकेको भन्दै आयोगको भूमिकामा प्रश्न उठाएर फर्किएको छ ।
तर, ओली पक्षले भने आयोगलाई निर्वाचनको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको छ । सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा निर्वाचन प्रभावित नहुने भन्दै आयोगले आफ्ना काम नियमित गर्न अग्रह गरेको हो ।
“हामी निरन्तर रूपमा अघि बढ्दै तोकिएको समयमा निर्वाचन गर्छौँ, अर्थात वैशाख १७ र वैशाख २७ मै निर्वाचन हुन्छ, अहिले निर्वाचन आयोगसँगको छलफलपछि हामी यो निष्कर्षमा पुगेका हौँ,” आयोगबाट फर्कने क्रममा नेम्वाङले भने, “जहाँसम्म एउटा समूह विरोधमा रहेका बेला के हुन्छ भन्ने तपाईंहरुको चिन्ता छ, त्यसमा आयोगले आवश्यक समयमा उपयुक्त निर्णय गर्छौँ भनेको छ ।”
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












