प्रधानमन्त्री ओली आज चितवन आउँदै : प्रचण्ड– माधव पक्षले भरतपुरका मुख्य सडकमा टायर बाले
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै गर्दा नेकपा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडक पर्चा र टायर बालेका छन् । उनीहरुले भरतपुरको मुख्य चोकहरुमा टायर बालेका हुन् भने नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरले जानकारी दिए । अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर , निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा आउने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली चितवन आएर आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन् । यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए । महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् ।
महानगरपालिकाको निरन्तर पहलमा सुरु भएको र तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन् भने नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाएका थिए ।
विधानबमोजिम गठित आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सो कार्यक्रमलाई गुटको कार्यक्रम भनेका थिए । प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले सत्ता र पदको दुरुपयोग गरी जनतालाई भ्रम छर्न लागिपरेको र आफैँले घोषणा गरेको निर्वाचनको आचारसंहिताविपरीत कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यापद रहेको उनको भनाइ छ ।
असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा चितवनमा नेकपा दाहाल– नेपाल समूह निकट नेता कार्यक्रताले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् । चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पनि हो । यहाँ ओली पक्षको तुलनामा प्रचण्ड– नेपाल पक्ष बलियो देखिन्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












