‘सुन केपी ओली, तिमीले हिँडेको बाटो गलत छ’: सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मकाृ कुरा गरेर राजनीतिक कुचेष्टा गर्न खाेजेको आरोप लगाएका छन्।
काठमाडौंको माइतीघरमा सरकारको कमदविरुद्ध प्रचण्ड-माधव पक्षले आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘केपी ओलीले हिजो चितवन पुगेर राममन्दिर बनाउने बनाउने घोषणा गरेका छन्। यता अस्ति पशुपति गएर बत्ती बालेर भाकल गरिरहेका छन्’ उनले भने, ‘ओली हिन्दु राज्य बनाउन कोशिस गरिरहेका छन्।’
ओलीको कुचेष्टालाई जनताले चिन्ने उनले बताए। ‘ओली कम्युनिस्ट भएनन्। ओलीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर देशलाई पछाडि फर्काउने प्रयास गरिरहेका छन्’ उनले भने, ‘ओली न्यायका पक्षमा उभिनेहरुलाई झम्टने गरेका छन्। त्यसैले सुन केपी ओली तिमीले हिँडेको बाटो गलत छ। त्यसैले हामी परास्त गर्नका लागि सिंहदरबारनजिकै आएर बसेको छौँ।’
निर्वाचन आयोगले चुनाव गराउनका लागि ४० अर्ब माग गरेको बताउँदै ओलीले देश कंगाल बनाउन खोजेको आरोप लगाए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












