‘पदको लोभ गरेर सत्ताको पक्षमा उभिएकाहरू दलाल हुन्’:प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले नेपाली जनताले ७० वर्षपछि प्राप्त गरेको उपलब्धिमाथि क्रुर प्रहार गरेका अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आरोप लगाए। ‘नेपाली जनताले प्राप्त गरेको उपलब्धिमाथि देशभित्र सामन्ती र निरंकुशतावादी र देश बाहिर दक्षिणपन्थी शक्तिको डिजाइनअनुसार ओलीले संविधानको हत्या गरे’, उनले भने।
पहिलो पटक नेपाली जनताले पाएको सार्वभौम अधिकारमाथि ओलीले प्रहार गरेका उनले बताए। ७० वर्षपछि प्राप्त भएको उपलब्धिलाई जोगाउन जनता जुर्मुराएपछि आफूहरुलाई सडक आन्दोलनमा उत्रिन प्रोत्साहन मिलेको पनि उनको भनाइ थियो।
‘पार्टी एकता हाम्रो प्रस्ताव भएको हो। केपी ओली वाम गठबन्धनको पक्षमा पनि थिएनन्’, उनले भने, ‘वामगठबन्धन र पार्टी एकता गर्दा धेरै खुसी मिलेको थियो। तर, ओली खुसी थिएनन्। ओलीले प्रधानमन्त्री दिन्छु भनेपछि सहमति भएका थिए।’
संविधान जारी भएपछि नेपाल नयाँ युगमा गएर प्रवेश गरेको विश्वास गरेपछि ओलीको निरंकुश शैलीको कारणले संकटमा परेको बताए। ‘संविधान निर्माणपछि समाजवादको बाटोमा जाने भयो। न्याय र अधिकार पाउने अपेक्षा थियो’, उनले भने, ‘ओलीले संविधानमाथि प्रहार गरे। ओली निरंकुश बाटोमा लागे। पहिले पनि तानाशाह र निरंकुशतासँग लडेका थियौँ। अब ओलीप्रवृत्तिसँग एकजुट भएर लाग्नुपर्ने दिन आएको छ।’
संसद भंग गर्नु कम्युनिस्ट आन्दोलन र संविधानमाथि नै प्रहार गर्नु भएको उनले आरोप लगाए। ‘केपी ओलीसँग अब मान्छे छैनन्। केही भ्रम र लोभमा परेर गएका छन्’ उनले भने, ‘केही बीच भएका र भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ। लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ।’
प्रतिगमनविरुद्ध आन्दोलन सुरु भइसकेको र जनता पनि ओलीको कदमविरुद्ध लागिसकेका उनले बताए। ‘ओलीले इतिहासमा कलंकको टीका लगाइसकेका छन्। ओलीले हारिसके’, उनले भने, ‘ओली आफ्नो गुटमा मात्रै सीमित भइसके। सत्ता र पदको दुरुपयोग गरेर आफ्नो पक्षमा ल्याएकाबाहेक अरु कोही छैन।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












