नेकपा प्रचण्ड–माधव समूहको बैठक : ओलीलाई साधारण सदस्यबाटै हटाइयो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले केपी ओलीलाई पार्टीबाट हटाएको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो। यस्तै बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ। ओलीले पार्टीको हितविपरीत कार्य गरेको भन्दै यसअघिको स्थायी कमिटीको बैठकले ओलीलाई तीनदिने स्पष्टीकरण पत्र पठाएको थियो। तर, ओलीले स्पष्टीकरण पत्रको जवाफ नफर्काएपछि कारबाही गरिएको हो।
ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित बनेको छ। नेकपा दुवै पक्षले आफूलाई नै आधिकारिक भएको दाबी गरिरहेका छन्। त्यस विषय निर्वाचन आयोगको हातमा पुगेर रोकिएको छ।
यद्यपि आयोगले नेकपा यी दुवै समूहका पुस ५ पछिका गतिविधि अमान्य भएको घोषणा गरिसकेको छ। संसद विघटनपछि नेकपाका दुवै समूहले एक अर्कालाई कारबाही गर्ने पदाधिकारी थप्ने, केन्द्रीय सदस्य थप्नेलगायत कार्य गर्दै आएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












