प्रचण्डले हिंसात्मक आन्दोलन गर्न खोजेका छन् : प्रधानमन्त्री ओली
काठमाडाैँ । । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।
प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’
‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’
स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिनेवाला छैनन् ।’
प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुपर्यो’ भनेका थिए । त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए ।
नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरे । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै छ ।’
नयाँ जनादेशबाट सरकार बन्नुपर्ने भन्दै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












