प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता-दाबी बुझायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले २७५ जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकताको दाबी बुझाएको छ ।
मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४३ अनुसार पार्टीका नाम, चुनाव चिह्न, झन्डा आदि माग दाबी गर्दै निवेदन दर्ता गरेर फर्किएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
“अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेतासहित १५–२० जनाको समूह निर्वाचन आयोगमा पुगेर आधिकारिक माग दाबीसहितको निवेदन प्रस्तुत गरेका छौँ,” खनालले भने, “यसअघि, हामीले विवरण अद्यावधिक गर्न भनेका छौँ । आधिकारिकता दाबी पहिलोपल्ट गरेका हौंँ ।”
खनालका अनुसार प्रचण्ड–नेपाल समूहले पुस ५ गतेयता बसेका दुईवटा केन्द्रीय कमिटीको बैठकको निर्णय, त्यसको प्रतिलिपि, तेस्रो केन्द्रीय कमिटी बैठक उपस्थित दुईतिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर, पुस १९ गते बसेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णयसहित अधिकारिकता–दाबी गरिएको उनले बताए ।
“आयोगले हामीलाई अनुसूचीअनुसार दर्ता गरेर जानुस् भन्यो । हामीले प्रमुख आयुक्तसँग पनि लामो छलफल ग¥यौँ । हामी नै आधिकारिक पार्टी हौँ । हामीसँग बहुमत छ भन्यौँ,” उनले भने, “प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोग प्राप्त प्रमाण, तथ्यलाई टेकेर छिटो निष्कर्षमा पुग्छौँ भनेर जवाफ दिनुभएको छ ।”
खनालले पार्टी बल्ल दाबी गर्ने ठाउँमा पुगेको बताए । “हामीले बल्ल दाबी गरेका छौँ । दाबीलाई ध्यानमा राखेर आयोगले प्रशासनिक र न्यायिक निर्णय गर्नुपर्छ । आयोग त्यो ठाउँमा पुगेको,” उनले भने, “अब आयोगका सामु न्यायिक निर्णय दिने घडी आइपुगेको छ । ऊ उम्कन पाउँदैन ।”
नेकपाका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको बताए । आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई नै मान्यता दिएको थियो । अहिले नेकपामा राजनीतिक नियुक्ति खाएका र मृत्यु भएकाबाहेक ४३४ सदस्य बहाल छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












