संविधान नै मास्न खोजेपछि आमहड्ताल गर्न बाध्य भइयोः माधव नेपाल
काठमाडाैँ । देशव्यापी आमहडताल गरेको नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमन नसच्चिए उनको सत्ताच्यूतका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आमहडतालमा सहभागी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले ओलीको बढ्दो तानाशाही प्रवृत्तिको अन्त्य र उनको सत्ताच्यूतको लागि शक्तिशाली आन्दोलन गरिने बताएका हुन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संघीयता धर्मनिरपेक्षा समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका उपलब्धीसहित संविधान नै मास्न खोजेकाले आमहडताल गर्न बाध्य भएको बताए ।
‘ओलीलाई संघीयतासँग सरोकार छैन । समानुपातिक प्रतिनिधित्वमा गम्भीर छैनन् । संवैधानिक आयोगको नियुक्ति नै गलत छ । यस्ता गलत काम सच्याउनका निम्ती हामी आमहडताल गर्न बाध्य भयौं,’ उनले भने ।
आमहडतालबाट गरिखाने वर्गलाई असुविधा पुगेकोप्रति उनले क्षमा समेत मागेका छन् । ‘तपाईंहरुलाई पर्न गएको असुविधाप्रति म क्षमा माग्न चाहान्छु । तपाईंहरुको एक दिनको धैर्यताले निरंकुश र तानाशी शासकलाइ खबरदारी पुग्नेछ,’ उनले भने ।
आफ्नो पार्टीले आयोजना गरेको हरेक कार्यक्रममा जनआन्दोलनको झल्को आएको भन्दै उनले ओलीले आफ्ना कदम नसच्चाए उनलाई हटाउने गरी आन्दोलन गरिने बताए ।
‘अब निरंकुश र तानाशाही प्रवृत्ति धेरै सहने पक्षमा हामी छैनौं । आन्दोलनले तेस्रो जनआन्दोलनको झल्को दिएको छ । हामी निरंकुश र तानशाही बन्दै गएका ओलीलाई आन्दोलनमार्फत नै सडकमा ल्याउनेछौं,’ उनले भने ।
प्रतिगमन सच्याउने उद्देश्यसहितको संयुक्त आन्दोनलनका लागि अन्य राजनीतिक दल र नागरिक समाजसँग छलफल भइरहेको नेपालले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












