प्रचण्डले पार्टी फुटाएर वामपन्थी इतिहासमा सबैभन्दा ठूलो भूल गरेः मन्त्री थापा
काठमाडाैँ । नेकपा ओलीसमूह निकट पेशागत महासंघ नेपालको हिजो सम्पन्न राष्ट्रिय भेलामा पूर्व माओवादीबाट कित्ताकाट गरी खानेपानी मन्त्री बनेका मणि थापाले नेकपा बिभाजनको दोष आफ्ना पूर्व सुप्रिम कमाण्डर प्रचण्डमाथि लगाएका छन ।
कार्यक्रमलाई अर्थमन्त्री तथा उक्त समूहका महासचिव विष्णु पौडेलले सम्बोधन गर्दै पार्टी विभाजनको दुस्साहस निरर्थक हुने र मूल पार्टी छाडेर गएका साथीहरू बिस्तारै फर्कने धारणा राख्नुभएको थियो । संगठनलाई एकताबद्ध राख्न सहभागी पेशाकर्मी संघ संगठनलाई निर्देशन दिँदै मन्त्री पौडेलले भने ‘पदीय महत्वाकांक्षाले पार्टीभित्र विचलन आएको हो,यसमा सैद्धान्तिक कुरै छैन ।’
उनले प्रतिनिधिसभा विघटनको प्रस्तावलाई सर्वोच्च अदालतले सदर गर्ने विश्वाससमेत व्यक्त गर्दै पेशागत महासंघको हकहित र उचित मांग पूरा गर्न सरकार तयार रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीबाट केही महत्वपूर्ण व्यक्ति अलग भएकाले त्यसको असर पार्टी र शुभेच्छुक संघ,संस्थामा परेको स्वीकारे । पार्टी एकता सम्पन्न गर्नेतर्फ पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदेखाएकाले एकताले पूर्णता नपाएको उनको आरोप थियो । पोखरेलले भने ‘प्रचण्ड एकताको बाटो छाडेर समिकरणको बाटोमा लागेकाले आजको राजनीतिक संकट उत्पन्न भएको हो । प्रथम अध्यक्ष र महासचिव आफूहरूसँगै रहेकाले आधिकारिक नेकपा ओली समूह नै हो ।’
कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले आन्दोलनको नाममा सडकमा पुगेको नेकपाले मुलुकलाई द्वन्द्वतर्फ लैजाने कुचेष्टा गरिरहेको प्रचण्डले बेला बेलामा व्यक्त गरेका धारणाबाट स्पष्ट भएको बताए ।
उनको तर्क थियो ‘पूर्वमाओवादीभित्र मौलाएको प्रवृत्तिलाई प्रचण्डले नेकपाभित्र ल्याउन खोजेपछि अहिलेको अवस्था आएको हो,तत्कालीन माओवादी पार्टीलाई फुटाएर सँधै सत्तामा रमाउँदै आएका प्रचण्डले नेकपालाई पनि टुक्राएका छन् । यो वामपन्थी इतिहासमा सबैभन्दा ठूलो भूल हो ।’ थापाले पार्टी छोडेर बाहिर गएकालाई आफूले गरेको गल्ती स्वीकार गरी मूल नेतृत्वमा आए क्षमा गर्न सकिने धारणा राख्दै भने ‘बाटो बिराएकाहरू मूल पार्टी ओली समूहले नेतृत्व गरेको नेकपामा आउनुहोला ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












