प्रतिनिधि सभा विघटनको मुद्दा– माघ ३० गतेभित्र बहस सकाउन प्रधानन्यायाधीशको आग्रह
काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि चलिरहेको बहस माघ ३० गतेसम्ममा सकाउन आग्रह गरेका छन् ।
आइतवार सरकारी वकिलको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले माघ ३० गतेसम्म बहस सकाउन आग्रह गरेका हुन् ।
सरकारी वकिलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विपक्षीहरूले राखेका निजी वकिलहरूको बहस शुरू भएको छ ।
ओलीका तर्फबाट रमेश बडालले बहस शुरू गर्ने क्रममा प्रधानन्यायाधीश जबराले यसै साता बहस सक्नुपर्ने बताएका हुन् ।
बढीमा ३० मिनेट समय लिनुस् भन्दा बडालले बढी समय मागपछि प्रधानन्यायाधीश जबराले भने- ‘यो मुद्दाले धेरै समय खाइसक्यो, एक साताभित्र बहस सक्नुपर्छ ।’
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ । माघ १८ गतेसम्म रिट निवेदक पक्षका वकिलले बहस गरेका थिए ।
सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका निजी वकिल र सभामुखका निजी वकिलहरूले बहस सकेपछि एमिकस क्युरीका ५ जनाले बहस गर्नेछन् ।
प्रधानमन्त्रीका तर्फबाट बहस गरेका बडालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान पाउने जिकिर गरे । यसअघि ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेको लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












