अर्को दलका नेता प्रधानमन्त्री हुँदा मैले बैठक बहिस्कार गरें भने स्याबास् भन्नुहुन्छ ? : राष्ट्रिय सभाका अध्यक्ष
सरकारले अध्यादेश जारी गर्यो त्यो अनुसार म बैठकमा जाने कुरा स्वभाविक हो
काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा नभई सरकारले ल्याएको अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताएका छन्।
बिहीबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले कानून सरह हुने अध्यादेशको पालना गरेर आफूले कुनै गलत काम नगरेको दाबी गरे।
‘सरकारले अध्यादेश जारी गर्यो त्यो अनुसार म बैठकमा जाने कुरा स्वभाविक हो, कानून सरहको अध्यादेशलाई मैले नमान्ने? कानून मान्दिनँ भनेर हिँड्ने? अनि संविधान मान्दिनँ भनेर हिँड्न मिल्छ?,’ उनले भने, ‘के चाहनु भएको छ, त्यस्तो चाहनुभएको छ भने मबाट पाइँदैन। म संविधान मान्छु, ऐन मान्छु, कतिपय कुरा परम्परालाई मान्नुपर्ने हुन्छ।’
उनले आफू सोही हिसाबले परिषद्को बैठकमा गएको भन्दै उनले भने, ‘निर्णय गरेका व्यक्ति ठिक थिए वा बेठिक थिए, बाहिर प्रतिक्रिया हुने कुरा छुट्टै हो। तर हामीले गर्ने त्यही हो त्यो गर्यौं।’
उनले परिषद्को निर्णयको विषय अदालतमा गइसकेकाले अदालतको फैसला नभइन्जेल सरकारले कानूनअनुसार गरेका काम र निर्णय ठिक हुने जिकिर गरे।
उनले आफू परिषद् बैठकमा सहभागी विषयलाई राजनीतिक आग्रहले मूल्यांकन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘चुनाव भए वा संसद पुनर्स्थापना भएर नयाँ प्रधानमन्त्री बन्यो र उहाँले अध्यादेश ल्याउनुभयो भने म त्यहाँ नजाने? त्यो बैठकमा म जान्न भनें भने के हुन्छ?,’ उनले भने, ‘मलाई संविधानले त्यो दिन्छ? तपाईंहरूले स्याबास् भन्नुुहुन्छ? प्रश्न गम्भीर छ, प्रचार जे गरौंला।’
उनले एउटा आस्थाले चुनिएको भए पनि राष्ट्रिय सभाको अध्यक्ष भइसकेपछि मन परेको दलले र मन परेको प्रधानमन्त्रीले डाकेको बैठकमा जाने र मन नपरेको दलको प्रधानमन्त्रीले डाकेको बैठकमा नजाने भन्न नमिल्ने बताए।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिस्कार गरेकोप्रति रुष्ट देखिएका तिमिल्सिनाले सभामुखको नाम नलिई भने, ‘म एमालेबाट चुनाव जितेको मान्छे भोलि अर्को पार्टीका नेता प्रधानमन्त्री भए भने घरमा बसेर बहिस्कार भनिरहने? त्यही गर्न सिकाउनुभएको होइन?’
उनले आफ्नो कार्यकालमा जोसुकै प्रधानमन्त्री भए पनि कानूनलाई मान्ने बताए।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अविछिन्न उत्तराधिकारवाला संस्था भए पनि प्रतिनिधि सभा विघटन हुँदा विधेयकहरू पारित गर्नुको खास अर्थ नहुने भएकाले खास काम नदेखिएको बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












