एउटै मञ्चमा जुट्दै प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भोलि फागुन १ गते एउटै मञ्चमा सहभागी हुनेभएका छन्।
सो कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्।
जनयुद्ध दिवसको अवसर पारेर भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रममा तत्कालीन माओवादी नेतासहित अन्य नेताहरु एउटै मञ्चमा सहभागी हुन लागेका हुन्।
भोलि शनिबार बालुवाटारको एक पार्टी प्यालेसमा आयोजना गर्न लागिएको सो कार्यक्रममा वक्ताहरुको रुपमा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तोलाई चयन गरिएको छ।
तत्कालीन माओवादी पार्टी छाडेर नयाँ शक्ति गठन गरी, संघीय समाजवादी पार्टी हुँदै अहिले जसपाको नेतृत्वमा रहेका भट्टराई र प्रचण्ड एउटै मञ्चमा बिरलै देखिने गर्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि भने ओलीको सो कदमविरुद्ध प्रचण्डलगायत आन्दोलनरत् नेकपा नेताहरु र जसपा नेता भट्टराईको धारणा समान रहँदै आएको छ।
दुवै पक्षले ओलीको कदमविरुद्ध आन्दोलन चर्काउनु पर्नेमा जोड दिँदै आएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चर्काउने वा वैशाखका लागि घोषणा गरिएको चुनावको तयारीमा लाग्ने भन्ने विषयमा नेपाली कांग्रेसको नेतृत्व विभाजित छ।
कांग्रेस सभापति शेरबहादुर देउवा त्यसबारे अदालतको फैसलाअनुसार अघि बढ्ने र प्रधानमन्त्रीले घोषणा गरेको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिइरहेका छन् भने पौडेल ओलीको कदम असंवैधानिक भएको र सो कदमविरुद्ध कुनै अन्यौलविना आन्दोलन चर्काउनुपर्ने अडानमा छन्।
ओलीको कदमपछिको राजनीतिक कोर्समा एउटै धारणा बनाउँदै गएका प्रचण्ड र भट्टराईबीच आगामी रणनीतिबारे केहि दिनयता भेटघाट तथा छलफल पनि हुन थालेको छ।
ओलीद्वारा प्रतिनिधि सभा विघटन गरिएको केहि दिनपछि प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति कार्यालयमा समेत भेटघाट भएको थियो।
प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न जोड दिँदै आएका भट्टराईद्वारा यहिबेला आफ्नो पुस्तक विमोचनमा गरिएको नेताहरुको चयनलाई पनि अर्थपूर्णरुपमा लिइएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












