पानी मुनी गएपनि भागरथी र निर्मलाको अपराधीलाई छोडिन्न : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा संलग्नलाई पानी मुनी गएपनि नछोड्ने प्रतिवद्धता जनाएका छन्।लुम्बिनी प्रदेशको बुटवलमा नेकपाले आयोजना गरेको आमसभामा आज बोल्दै उनले अपराधी कुनै पनि हालतमा नउम्किने बताए।
“पानी मुनी गएपनि भागरथी र निर्मलाका हत्या गरेका अपराधीहरू २/४ दिन, एक वर्ष लुकेर उम्किएलान्, तर, सजाय घट्ने वाला छैन, पुराका पूरा सजाय अपराधीलाई दिन्छौं,” प्रधानमन्त्री ओलीले भने।
केही दिनमै भागरथीको बलात्कारपछि भएको हत्या घटनामा संलग्न पक्राउ पर्ने आश्वासन दिएका छन् र निर्मलाको बलात्कारपछिको हत्या घटनामा संलग्नलाई पनि अदालतको कठघरामा उभ्याउने बताए।
प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे। जबकी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा छ। “मैले भन्ने गरेको छु, विल्कुल संविधासम्मत विघटन गरेको छु, ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले संसद् चलाउन नसकेपछि देश अस्थिरतातर्फ धकेलिने भएकोले विघटन गरे,” प्रधानमन्त्री ओलीले भने, “संविधानको धारा ७६ (१) बमोजिम गठन भएको सरकारले सोही धाराको (७) बमोजिम विघटन गरें। धारा ८५ ले भनेअनुसार प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गरेर विघटन गरें। त्यसकारण विघटन संविधानसम्मत छ,” प्रधानमन्त्री ओलीले बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












