रामकुमारीपछि प्रचण्ड र मलाई गिरफ्तार गर्ने योजना रहेछ: माधव नेपाल
माधव नेपालको प्रश्नः कस्ता फूर्ति कस्ता घुर्की, तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?
काठमाडाैँ । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न ।
आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफु र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भएपनि झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए ।
‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले ज्ञानेन्द्र जस्ताको त आफुुहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ? भनेर प्रश्न गरे ।
अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको पनि बताए । ‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौ’ अध्यक्ष नेपालको भनाइ छ ।
उनले उनले मान्छेहरु भोकभोकै पर्दा, कोरोनाले थलिदा, महिलाहरु बलात्कारमा पर्दा, बन्द उद्योग धन्दाहरु चलाउ भन्दा समेत ओलीले वेवास्ता गर्ने गरेको गुनासो गरे । अध्यक्ष नेपालले ओलीको सन्की स्वभावकै कारण उनीसँग केन्द्रीय समितिमा सय जना भन्दा बढि नरहेको भन्दै बहुमत आफ्नो पक्षमा रहेकाले नेकपा आफ्नो पार्टी भएको दावी गरे ।
‘जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए ।
‘उनले कम्युनिस्ट पार्टीको नाम बोक्न सक्दैनन्, पाउदैनन् । यो सुर्य यहि पार्टीसँग रहुनुपर्छ अनि सुर्य चिन्ह खोस्नका लागि अनेक षड्यन्त्र र तानावाना बुनिदैछन् । दुइटैलाई नदिने भनेर’नेपालले भने, ‘यदि त्यस्तो षड्यन्त्र भयो भने देशमा ठुलो विग्रह र संकट निम्त्याउछ भन्ने बुझे हुन्छ ।’
उनले ओलीले दिनलाई रात भन्न थालेको भन्दै यस्तो बेलामा चुप लागेर आफुहरु बस्न नसक्ने बताए । उनले संविधानले कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको पनि बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानको कुनैपनि धारामा छैन’, नेपालको भनाई छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












