संसद पुन:स्थापनाको विकल्प छैन: नेता ज्ञावली
सर्वोच्चले संविधान संसोधन गर्ने होइन, संविधानमा भएको व्यवस्थाअनुरुप काम गर्ने हो
रुकुम-पुर्व । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले संसद पूनः स्थापनाको विकल्प नभएको बताउनुभएका छन । संविधानमै नभएको अधिकार प्रयोग गरेर अहिलेका प्रधानमनत्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले संसद पूनः स्थापनाको विकल्प नभएको नेता ज्ञवालीले बताउनुभयो ।
नेकपा रुकुम (पूर्व) ले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले बहुमत नेकपाको प्रचण्ड नेपाल समुहमा भएको भन्दै संसद पून: स्थापनाको विकल्प नभएको बताउनुभएको हो । यस्तै उहाँले केपी ओलीको सिद्धान्त बयलगाडा सिद्धान्त भएको टिप्पनी गर्नुभयो । घटनाक्रमले गर्दा प्रधानमन्त्री बन्न पुगेका ओली देखावटी रुपमा कम्यूनिष्ट र मन भने सामन्ती रहेको बताउदै, संसद विघटन भारतीय गुप्तचर रअका प्रमुख सामन्त गोयलसँगको गोप्य भेटघाटको परिणाम भएको उहाँले टिप्पनी गर्नुभयो ।
घरको मुली मान्छेले गरेको काममा श्रीमती र छोराछोरीले खण्डन गर्न पाउने की नपाउने उहाँले प्रश्न गर्नुभयो ? केपी ओली बुद्धि नभएको बाउ भएको उहाँले टिप्पनी गर्नुभयो । प्रधानमनत्री ओलीको आखा अहंकारले बन्द गरिदिएका छन् । यसले गर्दा ओलीले पार्टीका मान्छे, मन्त्री कसैका कुरा सुन्नुहुन्न, मन्त्रिले सम्झाउदा आखा तर्नुहुन्छ उहाँले भन्नुभएको छ ।
नेता ज्ञावलीले जनताको भावना विपरित सर्बोच्चले पनि फैसल ागर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले संविधान संसोधन गर्ने होइन, संविधानमा भएको व्यवस्थाअनुरुप काम गर्ने हो, उहाँले भन्नुभएको छ ।।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












