संवैधानिक इजलास: चार प्रश्नमा बहस गर्दैछन् वरिष्ठ अधिवक्ता खरेल
काठमाडौं । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिकाे सुनुवाइमा एमिकस क्युरीले राय दिने क्रम जारी छ ।
अस्ति साेमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै हिजाेदेखि संवैधानिक इजलासले एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताकाे राय लिन थालेकाे हाे ।
हिजाे वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले इजलाससामु आफ्ना राय प्रस्तुत गरेका थिए । आज वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले इजलासलाई याे मुद्दामा आफ्ना सुझाव दिइरहेका छन् ।
बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् ।
उनका चार प्रश्न यस्ता छन्–
पहिलो प्रश्न : वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित गरेको प्रधानमत्रीलाई संसद विघटनको अधिकार प्रदान गरेको छ कि छैन ?
दोस्रो प्रश्न : संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकारका सम्बन्धमा सार्वभौमिक अभ्यास र मूल्यमान्यता छ कि छैन ? स्पष्ट संवैधानिक प्रावधानको अभावमा कथित अभ्यास र मूल्य मान्यता संसद विघटनको आधार हुन सक्छ कि सक्दैन ? संसदीय अभ्यासमा संसद विघटनको अधिकार स्वतः कार्यकारी प्रधानमन्त्रीको अधिकारभित्र रहेको हुन्छ कि सम्बन्धित मुलुकको संविधानअनुसार हुन्छ ?
तेस्रो प्रश्न : संसद विघटनको विषय संवैधानिक विषय नभई विशुद्ध राजनीतिक विषय हो कि होइन ? संवैधानिक र राजनीतिक विषय छुट्याउने आधार के हुन्छ ? संसद विघटनको विषय न्यायिक पुनरावलोकन हुनसक्छ कि सक्दैन ?
चौथो प्रश्न : एउटा नागरिक र कानून व्यवसायीको हैसियतले अदालतबाट के निर्णयको अपेक्षा गर्छु ?
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











