‘सरकार बनाउने र ढाल्ने काम संसदको हो’: वरिष्ठ अधिवक्ता मैनाली
काठमाडाैँ । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सरकार बनाउने र ढाल्ने काम संसदको भएकाे बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइमा आफ्ना सुझाव राख्दै मैनालीले भने, ‘संविधानको अधिकार संसदमा हुन्छ । राजनीतिक अधिकार कार्यकारीमा हुन्छ । संविधानले दिएकाे अधिकार संसद्ले प्रयोग गर्दा त्यो जनताले प्रयोग गरेकाे मानिन्छ । त्यसैले सरकार र कार्यकारीको अधिकार सीमित बनाइएको हुन्छ । सरकार बनाउने, गिराउने काम संसदको हो ।’
त्यसपछि इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले वरिष्ठ अधिवक्ता मैनालीलाई प्रश्न गरे, दुई वटा संविधानसभा बन्याे, त्यहाँबाट संविधान जारी भयो । ती संविधानसभाका छलफलमा पार्टीको आन्तरिक द्वन्द्वका कारण पनि संसद् विघटन गर्न पाउनेबारे छलफल भएकाे थियो त ?’
मैनालीले छलफल भएकाे जवाफ दिए ।
सिन्हाले अर्काे प्रश्न गरे, ‘त्यसमा सहमति नै भएकाे छैन भने, त्यसलाई विधायिकाकाे अन्तर्निहित उद्देश्य मान्ने हो भने, यो संविधान कहाँ गएर टुंगिएला ?’
मैनालीले भने, ‘संसदीय प्रणालीमा पार्टी र संसद्लाई अनुशासनमा राख्नका लागि विघटन गर्न पाइन्छ ।’
एमिकस क्युरीलाई अदालतको सहयाेगी मानिन्छ । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्छ ।
एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्छन् । तर, एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












