‘सरकार बनाउने र ढाल्ने काम संसदको हो’: वरिष्ठ अधिवक्ता मैनाली
काठमाडाैँ । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सरकार बनाउने र ढाल्ने काम संसदको भएकाे बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइमा आफ्ना सुझाव राख्दै मैनालीले भने, ‘संविधानको अधिकार संसदमा हुन्छ । राजनीतिक अधिकार कार्यकारीमा हुन्छ । संविधानले दिएकाे अधिकार संसद्ले प्रयोग गर्दा त्यो जनताले प्रयोग गरेकाे मानिन्छ । त्यसैले सरकार र कार्यकारीको अधिकार सीमित बनाइएको हुन्छ । सरकार बनाउने, गिराउने काम संसदको हो ।’
त्यसपछि इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले वरिष्ठ अधिवक्ता मैनालीलाई प्रश्न गरे, दुई वटा संविधानसभा बन्याे, त्यहाँबाट संविधान जारी भयो । ती संविधानसभाका छलफलमा पार्टीको आन्तरिक द्वन्द्वका कारण पनि संसद् विघटन गर्न पाउनेबारे छलफल भएकाे थियो त ?’
मैनालीले छलफल भएकाे जवाफ दिए ।
सिन्हाले अर्काे प्रश्न गरे, ‘त्यसमा सहमति नै भएकाे छैन भने, त्यसलाई विधायिकाकाे अन्तर्निहित उद्देश्य मान्ने हो भने, यो संविधान कहाँ गएर टुंगिएला ?’
मैनालीले भने, ‘संसदीय प्रणालीमा पार्टी र संसद्लाई अनुशासनमा राख्नका लागि विघटन गर्न पाइन्छ ।’
एमिकस क्युरीलाई अदालतको सहयाेगी मानिन्छ । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्छ ।
एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्छन् । तर, एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












