संविधान कोमामा भए हामी सबै कोमामा छौं : एमिकस क्युरी पाठक
काठमाडौँ । एमिकस क्युरी गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासलाई राय दिँदै वरिष्ठ अधिवक्ता पाठकले सुनुवाइका क्रममा त्यस्ता कुरा उठेको र त्यसो भएमा सबै कोमामा गएको बताइन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।’
उनले थपिन्, ‘संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।’
प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए । उनले भनेका थिए, ‘संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ । यो संविधान बिरामी परेको छ ।’
पुस ५ गते प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस र राष्ट्रपति कार्यालयबाट विघटनको घोषणा भएको विज्ञप्तिले विभिन्न प्रश्न उठाएको पाठकको भनाइ थियो । उनले ती संवैधानिक छन् कि छैनन् भन्ने प्रश्न उठेको बताइन् । त्यस्तै, न्यायिक पुनरावलोकनको विषय हो कि राजनीतिक विषय हो भन्ने कुरा पनि उठेको उनको भनाइ थियो ।
सबैले निकाय संविधानबमोजिम चल्नुपर्ने पाठकको भनाइ थियो । उनले भनिन्, ‘संविधानभन्दा माथि कोही पनि छैन ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












