विराटनगरमा आज ओली समूहको आमसभा, प्रधानमन्त्री–गृहमन्त्रीसहितको टोली जाँदै
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली अचेल निकै दौडधूप गरिरहेका छन्। नेकपाअन्तर्गत आफ्नो ओली समूहले विभिन्न स्थानमा गर्ने सभा/भेलामा उनी लगातार सहभागी भइरहेका हुन्।
यसै क्रममा आज उनी प्रदेशस्तरीय आमसभा सम्बोधन गर्न विराटनगर जाँदै छन्।
विराटनगरमा आज दिउँसो हुने आमसभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहित शीर्ष नेताको टोली काठमाडौंबाट प्रदेश १ को राजधानी विराटनगर जाने भएको हो।
नेकपा ओली समूहका एक नेताका अनुसार प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायत नेता सभामा सहभागी हुँदै छन्।
विराट नर्सिङ होमको पूर्व मैदानमा आयोजना गरिने आमसभामा २ लाखभन्दा बढी जनसहभागिता जुटाइने ओली समूहले दाबी गरेको छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई समूहमा विभाजन भएको छ। जसमध्ये प्रचण्ड–नेपाल समूह ओलीको कदम असंवैधानिक ठहर गर्दै चरणबद्ध आन्दोलनमा छ। सत्तापक्ष ओली समूह पनि आफ्नो कदमको प्रतिरक्षाका लागि सँगसँगै सभा गर्दै हिँडेको छ।
यसै क्रममा यसअघि प्रचण्ड–नेपाल समूहले सभा गरिसकेको विराटनगरमा ओली समूहले आज गर्न लागेको हो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












