नेकपा नाम विवादः सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवाद सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ।
नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले २ वर्षअघि दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ सुरु भएको हो। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ।
सत्तारूढ नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल र केपी शर्मा ओली गरि दुई समूहमा विभाजन भइरहेको समयमा सुनुवाइ भइरहेको हो। यसअघिका केही पेशी लगातार चढेपनि स्थगित हुँदै आएको थियो। मुद्दामा फैसलाका लागि अङ्ग पुगेको र सुनुवाइ हुन नसकेपछि इजलासले बिहीबारका लागि यसअघि नै समय तोकेको थियो।
२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए। ३ वर्षदेखि विचाराधीन मुद्दा अन्तिम फैसलाका लागि पेसी चढिरहेको छ।
सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।
सर्वोच्चले हालसम्म सबै विपक्षीलाई अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न भनेकाले सबैले लिखित जवाफ पेश गरेका थिए। यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो।
सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।
कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए।
आयोगले साेही वर्षको कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












