प्रधानमन्त्री ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च
३१ वटा पुलको एकमुष्ट शिलान्यास गर्ने
काठमाडाैँ । प्रतिनिधिसभा विघटनको निर्णय र सर्वोच्च अदालतबाट पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आज गृहजिल्ला झापा आउँदैछन् ।
प्रधानमन्त्री आउने तय भए पछि झापाका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिती बढाईएको छ । सदरमुकाम भद्रपुर, विर्तामोड तथा ओली सहभागी हुने कमल गाउँपालिका आसपासमा समेत सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देखिएको छ ।
यस्तै ओलीको गृहनगर दमकमा तय भएका चार वटा कार्यक्रम स्थल आसपासको क्षेत्रमा पनि सुरक्षाकर्मीहरुको उपस्थिती उच्च छ ।
ओलीको प्रमुख प्राथमिकतामा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल’ पार्कको शिलान्यास छ । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् पूर्वसभामुख सुवास नेम्वाङको पनि उस्थिती रहने इण्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।
चोक सजाईयो, ईन्टरनेट पुर्याइयो
ओली आउने तय भए पछि यस पटकको तामझाम र तयारी विगतको भन्दा फरक छ ।
यसपटक ओलीको आगमनमा चाईना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल पार्कको शिलान्यासलाई महत्व दिईएको छ । जसका कारण सरकारी अधिकारीहरुको उपस्थिती केही दिनअघि देखिनै वाक्लिएको छ ।
लगानी वोर्ड तथा औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका उच्च अधिकारीहरु समेत कार्यक्रमको तयारीमा जुटेका छन् ।
यस्तै ओली आउने रुटका विभिन्न भागमा राजमार्ग ढाक्ने गरिका स्वागतद्वारहरू निर्माण गरिएको छ भने दमकको मुख्य चोकमा नेपाल र चीनका राष्ट्रिय झण्डाहरूले भरिएको छ ।
इण्डष्ट्रियल पार्क शिलान्यास हुने स्थान झापाको कमल- ७ मा ईन्टरनेटसमेत पुर्याइएको पार्कका अध्यक्ष गोविन्द थापाले बताएका छन् ।
विभिन्न मुलुकका सञ्चारगृहका प्रतिनिधी तथा सञ्चारकर्मी समेत उपस्थित हुने भएकाले उच्च स्तरको ईन्टरनेट पुर्याइएको उनले बताए । सो कार्यक्रमबाट नेपाल औद्योगीक चरणमा प्रवेश गरेको उद्घोष समेत हुने उनको दावी छ ।
यस्तो छ कार्यतालिका
ओलीको सचिवालयका अनुसार ओली बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा आइपुग्ने छन् । त्यसपछिका उनका सवै कार्यक्रम क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि ११:४५ बजे कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल-२ क्याम्पा पुग्ने छन् ।
१२:४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको छ । १: ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १:३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।
दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ ।
सम्वोधन पछि ३:१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३:४५ मा दमक २ पुग्ने छन् । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने छन् ।
सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।
आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५:३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












