नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्लामा विभिन्न पुल उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन आएका छन्।
यति एयरलायन्सको पहिलो उडानबाट झापा आएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, सांसद्हरु, नेकपाका केन्द्रीय नेताहरु लगायतकाले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नेछन्। आजै मध्यान्हमा बहुचर्चित नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।
त्यसपश्चात् ओलीले इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गर्नेछन्। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुल पनि प्रधानमन्त्रीले आजै शिलान्यास गर्दै छन्।
दिउँसो करिब ४ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास पनि एकैपटक गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। प्रधानमन्त्री आज साँझै काठमाडौं फर्कने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












