‘बहुमतको सरकार अपदस्त गरेर ‘कम्फर्टेबल’ सरकार बनाउन खोजे : गृहमन्त्री थापा
काठमाडाैँ । गृहमन्त्री तथा नेकपा ओलीपक्षका नेता रामबहादुर थापाले अदालतको निर्णय देशको पक्षमा नदेखिएको बताएका छन् ।
अदालतको निर्णयले शक्ति पृथकीकरण रहेको देखाएपनि अदालतको निर्णयले अस्थिरताको निर्माण गरेको उनले बताए । अदालतको निर्णय देशको पक्षमा नदेखिए पनि आफूहरुले मान्ने उनले सुनाए । सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अदालतको निर्णयले देशलाई अस्थिरतातिर धकेलेको बताए । नेपालमा समृद्धि देख्न नचाहनेले सरकारमा परिवर्तन चाहेको बादलले बताएका छन् । अदालतको निर्णय होस् वा नेकपाकै नेताका भाषणले नेपाल अरुको खेलमा परेको उनको आशय थियो । समाजवाद र समाजवादका विरोधी, राष्ट्रवाद र राष्ट्रियताविरोधीको संघर्षले अहिलेको राजनीतिक परिघटना बनेको थापाले बताए ।
‘पूर्व कमरेडहरुको भनाइ, र जसरी कम्फर्टेबल सरकारको बारेमा कुरा आएको छ, त्यसैले देखाउँछ अहिलेको अवस्थाको कारण,’ उनले भने । उनले नेताकार्यकर्तालाई राष्ट्रवाद वा विरोध कता लाग्ने कित्ता प्रस्ट पार्न आग्रह गरे । अहिले नेपाली जनताहरु एकता, समृद्धि चाहेपनि पार्टीकै केही नेताहरु फुटको पक्षमा उभिएको थापाको तर्क थियो । पार्टीको अध्यक्षलाई नेतृत्वबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ भन्दै फुटमा लागे । ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं ।’
अब ओलीइतर नेताहरुले आफ्नो गल्ति मानेर फर्किएमात्र पार्टी एक हुनसक्ने बताए । नेताहरु गलत बाटोमा हिँडिरहेको र यो सच्चिने बाटो रहेको बादलले बताए । भदौ २६ को निर्णयहरुलाई अर्को पक्षले कार्यान्वयन गरे पार्टीकै नेतृत्वमा सरकार समृद्धिको दिशामा जान सक्ने उनको भनाइ थियो ।
नेकपा अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै उनी कम्फर्टेबल सरकार बनाउन लागेको बताए । ‘जनताले राष्ट्रियताका लागि मत दिएका हुन्, बहुमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागे,’ उनले भने, ‘समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे एकथरी कमरेडहरुले ।’ अब सडकको मोर्चाबाट सदनको मोर्चामा परिवर्तन भएको र सदनको मोेर्चाले सरकारको बचाउ गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












