आफूलाई असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई नेकपा सुरक्षा दिन तयारः माधव नेपाल
काठमाडाैँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि आफूलाई असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई आवश्यक परे नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् ।
विराटनगरमा प्रेस संगठन मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई असुरक्षित महसुस गरेकै हो भने नेकपा सुरक्षा प्रदान गर्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री देश र देशवासी सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताउँदै नेपालले भने, ‘देशलाई सुरक्षा प्रदान गर्ने प्रधानमन्त्री आफैँ नै असुरक्षित हुनुभएको हो भने आफ्नो दल सुरक्षा दिन तयार छ ।’
कम्युनिस्ट नेता स्व. भरतमोहन अधिकारीको दोस्रो स्मृति सभामा भाग लिन विराटनगर आएका नेपालले वर्तमान राजनीतिक गतिरोध संसद् अधिवेशनसँगै अन्त्य हुने बताए । प्रतिगमनको विरुद्धमा रहेका सबै राजनीतिक पार्टीहरूसँग मिलेर देशलाई निकास दिने उनले भनाइ छ । प्रतिगमनविरोधी शक्ति मिलेर नयाँ सरकार गठन गर्ने उनले बताए ।
उनले प्रतिगमनलाई साथ दिएकाहरूले गल्ती महसुस गरेर आए नेता–कार्यकर्तालाई स्वागत गर्न आफूहरू तत्पर रहेको अध्यक्ष नेपालले बताए । प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गरेर सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव अगाडि बढाउन सकिने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












