योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र
ताप्लेजुङ दोभान बजारका अग्निपीडितले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । दीर्घकालीन पुनर्स्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्दै उनीहरूले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए । उक्त आगलागीमा परी डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको हो । अग्निपीडितले सांसद भट्टराईको संयोजकत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरेका छन् ।
आगलागीका कारण आवासविहीन भएका पीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको भट्टराईले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम सुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने थापाको भनाइ छ । आवासको लागि भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने थापाले बताए ।
तत्काल राहतस्वरुप गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैँयाको दरले रकम पठाएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












