डेरावालले घरवालालाई निकालेजस्तो हो, यसको खासै तुक र अर्थ छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन पहिले नेकपाको संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका सांसद एवं केन्द्रीय सदस्य विशाल भट्टराईलाई नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्यो।
भट्टराईसँगै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिनाका निलम्बन गर्ने प्रचण्ड-माधव पक्षको निर्णयको भने कुनै अर्थ नरहेको भट्टराईले प्रतिक्रिया दिएका छन्।
उनले आफूहरूलाई गरिएको कारबाही डेरावालले घरवालालाई निकालेको जस्तो भएको टिप्पणी गरे। ‘यसको खासै तुक र अर्थ छैन। यसमा हाम्रो धेरै ध्यान पनि जाँदैन’, भट्टराईले भने, ‘यो त डेरावालले घरवालालाई निकालेँ भने जस्तै हो। यसको कुनै तुक छैन।’
भट्टराईले प्रचण्ड-माधव पक्षको कारबाहीलाई आफूले सामान्य रुपमा लिएको बताउँदै यसको कुनै प्रतिवाद नगर्ने बताए। ‘अर्थ नभएको चिजको के प्रतिवाद गर्नु। यसलाई मैले असाध्यै सामान्य रुपमा लिएको छु। कानुनी, व्यवहारिक र कुनै हिसाबले पनि त्यसको केही अर्थ छैन।’
नेकपाको प्रचण्ड-माधव पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सात नेतालाई पार्टीविरोधि काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उनी सबै ओली समूहमा छन्।
यस्तै, बैठकले सुवास नेम्वाङलाई नेकपा संसदीय दलको उपनेता र शान्ता चौधरीलाई सचेतकबाट हटाउने निर्णय पनि गरेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












