डेरावालले घरवालालाई निकालेजस्तो हो, यसको खासै तुक र अर्थ छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन पहिले नेकपाको संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका सांसद एवं केन्द्रीय सदस्य विशाल भट्टराईलाई नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्यो।
भट्टराईसँगै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिनाका निलम्बन गर्ने प्रचण्ड-माधव पक्षको निर्णयको भने कुनै अर्थ नरहेको भट्टराईले प्रतिक्रिया दिएका छन्।
उनले आफूहरूलाई गरिएको कारबाही डेरावालले घरवालालाई निकालेको जस्तो भएको टिप्पणी गरे। ‘यसको खासै तुक र अर्थ छैन। यसमा हाम्रो धेरै ध्यान पनि जाँदैन’, भट्टराईले भने, ‘यो त डेरावालले घरवालालाई निकालेँ भने जस्तै हो। यसको कुनै तुक छैन।’
भट्टराईले प्रचण्ड-माधव पक्षको कारबाहीलाई आफूले सामान्य रुपमा लिएको बताउँदै यसको कुनै प्रतिवाद नगर्ने बताए। ‘अर्थ नभएको चिजको के प्रतिवाद गर्नु। यसलाई मैले असाध्यै सामान्य रुपमा लिएको छु। कानुनी, व्यवहारिक र कुनै हिसाबले पनि त्यसको केही अर्थ छैन।’
नेकपाको प्रचण्ड-माधव पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सात नेतालाई पार्टीविरोधि काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उनी सबै ओली समूहमा छन्।
यस्तै, बैठकले सुवास नेम्वाङलाई नेकपा संसदीय दलको उपनेता र शान्ता चौधरीलाई सचेतकबाट हटाउने निर्णय पनि गरेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












